विराटगरस्थित कोसी अञ्चल अस्पतालमा क्यान्सर उपचारका लागि पूर्वाधारको अभाव हुँदा सेवा प्रवाहमा गर्न समस्या देखिएको छ।
अस्पतालले क्यान्सर पहिचान भइसकेका बिरामीलाई केमोलगायतका सेवा प्रवाह गर्दै आएको भए पनि जनशक्तिको अभाव, रेडियो थेरापीको नहुँदा बिरामीहरूले सेवाबाट बञ्चित हुनुपरेको छ। रेडियोथेरापी क्यान्सर रोगीमध्ये करिब ७० प्रतिशतलाई अनिवार्य रहन्छ। तर, यहा यो सुविधा नहुँदा अस्पतालले बिरामीलाई भरतपुर वा काठमाडौं पठाउनुपरेको अस्पतालले जनाएको छ।
अस्पतालले क्यान्सर रोगीहरूको शल्यक्रिया सुरू गरेको थियो। अस्पतालमा क्यान्सरका बिरामीका लागि भनी ४ वटा बेड छुट्याइएको छ। अस्पतालले क्यान्सरको सेवा प्रवाह गरेको एक वर्ष भयो।
हासम्म तीन सयभन्दा बढी क्यान्सर प्रभावितलाई सेवा दिइसकेको क्यान्सर रोग विशेषज्ञ सौगात पौडेललले बताए। अस्पतालमा दुई जना क्यान्सर रोग विशेषज्ञ डाक्टरले सेवा प्रवाह गरे पनि आवश्यक भौतिक पूर्वाधार, उपकरण र सोही अनुसारको दक्ष जनशक्ति नहुँदा भरतपुरलगायत अस्पतालमा रेफर गर्नु परेको डाक्टर पौडेलको भनाइ छ।
कोसी अञ्चल अस्पतालमा मोरङ, झापा, सुनसरी, सप्तरी, इलाम, धनकुटा, ताप्लेजुङलगायत जिल्लालाबाछट क्यान्सरका बिरामी आउने गरेका छन्।