भारतीय भ्रमणमा न्युजिल्यान्डका ब्याट्सम्यानहरू असफल भइरहेको अवस्थामा कप्तान केन विलियम्सनले दोस्रो एकदिवसीयमा सतक बनाएका छन्।
नयाँ दिल्लीमा बिहीबार जारी एकदिवसीयमा उनले बनाएको १ सय १८ रनका कारण किवीले भारतविरूद्ध पहिलो इनिङमा ९ विकेटको क्षतिमा २ सय ४२ रन बनाउन सफल भयो।
२६ वर्षीय विलियम्सनको भारतीय भूमिमा भारतविरूद्ध यो पहिलो सतक हो। उनले एकदिवसीयमा आफ्नो आठौं सतक पुरा गर्न १ सय ७ बलको सामना गरे, जसमा १ छक्का र १३ चौका समावेश थियो।