थाइल्याण्डका राजा भुमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा बिहिबार निधन भएको छ।
उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने राजा बनेका छन्। उनले ७० वर्ष शासन गरेको बिबिसीले जनाएको छ।
उनी सन् १९४६ मा गद्धीमा बसेका थिए।
केही वर्षदेखि उनी कमजोर स्वास्थ्यका कारण सार्वजनिक कार्यक्रममा निस्कन छोडेका थिए। थाई दरबारले उनको स्वास्थ्य निकै अस्थिर भएको सूचना गत आइतबार सार्वजनिक गरेको हो।
उनको स्थानीय समय अनुसार दिउँसो ३:५२मा बैंककको सिरिराज अस्पतालनमा निधन भएको हो।