निकै ठूलो आलोचनाका बीच पाकिस्तानले आफ्नो एकदिवसीय कप्तानको रुपमा अजहर अलीलाई यथावत राखेको छ। इङ्ल्यान्डमा ५ एकदिवसीय शृंखला ४–१ ले गुमाएपछि अलीमाथि कप्तानी छोड्ने दबाब बढेको थियो।
तर, उनको समर्थनमा वासिम अक्रमजस्ता अनुभवी खेलाडी निस्किएपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले वेष्ट इन्डिजविरूद्धको अगामी शृंखलाका लागि उनलाई कप्तान पदमा यथावत राख्ने निर्णय गर्यो।
अलीले सन् २०१५ को विश्वकप पछि एकदिवसीय कप्तानीको पद सम्हालेका थिए। उनले हालसम्म ८ वटा शृंखलाको नेतृत्व गरिसकेका छन्। जसमा पाकिस्तानले जिम्बाबे, श्रीलंका र आयरल्यान्डविरूद्धको शृंखला मात्र जित्न सफल भएको छ। अलीले नेतृत्व गरेको पाकिस्तान एकदिवसीयमा हाल नवौं स्थानमा छ। जुन सन् २००१ मा वरियता लागु भएयताको पाकिस्तानको अहिलेसम्मकै सबैभन्दा खराब अवस्था हो।