काभ्रेपलाञ्चोकबाट चालु आर्थिक वर्षको दुई महिनामा हराएका १८ जना महिला अझै फेला परेका छैनन्।
जिल्ला प्रहरी कार्यालय, धुलिखेलले दिएको जानकारीअनुसार आव २०७३÷७४ मा २३ महिला हराएकामा पाँचजना फेला परेका छन्। सो आवमा ६ जना बालबालिकासमेत हराएका छन्।
त्यस्तै, आव २०७२÷७३ मा ८० महिला हराएकामा २३ जना फेला परेका छन् भने ५७ जना अझै फेला परेका छैनन्। आव २०७१÷०७२ मा ७६ महिला हराएकामा ४२ जना फेला परेका छन् भने ३४ जना अझै फेला परेका छैनन्। “लामो समयदेखि हराएका महिला फेला पार्न कठिन छ, तर हामीले खोजतलास जारी राखेका छौँ”, प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले भने।
उनले भूकम्पपछि महिला हराउने क्रम बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै कतिपय पीडितले महिला हराएको प्रहरीमा दर्ता गर्ने तर सम्पर्कमा आएको जानकारी नदिने पनि समस्या देखिएको बताए। रासस