सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले राष्ट्रिय भवनसंहिता कडाइपूर्वक लागू गरिने र संंहिताको उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।
मन्त्री केसीले मन्त्रिपरिषद बैठकले भवनसंहिता लागू गर्ने निर्णय गर्नुपहिले पत्रकार सम्मेलन गरी भवनसंहिताले तोकेको मापदण्ड विपरीत भौतिक संरचना बनाउने सबैलाई कारबाहीको दायरामा ल्याउने बताए। उनले सुधारका लागि अप्रिय निर्णय लिन आवश्यक रहेको भन्दै आलोचना होला भनेर आफू पछाडि नहट्ने बताए।
सहरी विकास मन्त्री केसीले एक महिनाभित्र काम सम्पन्न गर्ने गरी मन्त्रालय र मातहतका कर्मचारीलाई २५ बुँदे निर्देशन समेत दिएका छन्।