नेपाली भाषाको वर्ण विन्यास बदल्ने गरि भएको शिक्षामन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
केहि अप्ठ्यारा संयुक्त शब्दलाई सरल बनाउन भन्दै पाठ्यक्रम विकास केन्द्रको प्रस्तावलाई मन्त्रीस्तरिय निर्णयले सदर गरेपछि यो विवादित बनेको छ। नेपाली भाषा विगार्ने खेल भइरहेको भन्दै सामाजिक सञ्जालमा पनि यसको व्यापक विरोध भयो।
यही निर्णय अनुसार नयाँ शैक्षिक सत्रमा दशकक्षाको अनिवार्य नेपाली पाठ्यक्रमको पुस्तक समेत प्रकाशित हुन लागेको भन्दै अधिवक्ता भद्रप्रसाद नेपाल र पत्रकार टपेन्द्र कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनीहरुले उक्त पुस्तक प्रकाशनमा रोक लगाउन माग गरेका छन्.
'हालसम्म स्थापित वर्ण विन्यास र व्याकरणको नियमलाई भत्काउने गरी भाषामा टिप्पणी आदेशका भरमा गरिएको निर्णय बदर गरिपाउँ,' रिटमा उल्लेख छ।
वर्ण विन्यासको शैलीका कारण सिकाई कार्य समेत प्रभावित भएकोले त्यही अन्योल चिर्न शिक्षा मन्त्रालय ,विभाग लगायतले विभिन्न जिल्लाका नेपाली भाषाका शिक्षकहरुलाई तालिम दिइरहेको भन्दै रिटमा त्यस्ता कार्यक्रम रोक्न समेत माग गरिएको छ।