सप्तरीको शम्भुनाथ नगरपालिका– ९ स्थित एक ग्यारेजमा गएराति आगलागी हुँदा आठ लाख मूल्य बराबरको क्षति भएको छ ।
सोही ठाउँका दीपनारायण चौधरीको मोटरसाइकल ग्यारेजमा ब्याट्रिको तार जोर्ने क्रममा विद्युत् सटभई आगलागी हुँदा ग्यारेजमा रहेका तीनवटा डिस्कभर र एउटा अल्बा गरी चारवटा मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीयबासी, प्रहरी र राजविराजबाट गएको बारुणयन्त्रले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।