हरियाणाको गुडगाउँमा १४५ फिट लामो भारतीय खाना ‘वडा-पाव’ बनाइएको छ।
२३ अगस्टमा विश्व वडा-पाव दिवस मनाउने क्रममा तयार गरिएको यो वडा-पावलाई अहिलेसम्मकै सबैभन्दा लामो भन्दै लिम्का बुक अफ रेकर्डमा दर्ता भएको छ।
लिम्काको २०१८ को संस्करणमा यसलाई प्रकाशन गरिने बताइएको छ।
गुडगाउँको सोहना रोडस्थित सेक्टर ४९ को बाटिका बिजनेस पार्कमा तयार गरिएको यो वडा-पाव २५ जना मिलेर बनाएका हुन्।
यो बनाउन तीन दिनदेखि तयारी गरिएको भएपनि अन्त्यमा तीन घण्टामा तयार भएको थियो।
२ हजार ५ सय जनाले निःशुल्क खाएका यो वडा-पाव बनाउन १ सय ६० किलो आलु र २ सय किलो पाउरोटी लागेको थियो।
विश्व वडा-पाव दिवसबारे मानिसलाई जानकारी दिन यो कार्यक्रम गरिएको आयोजकले जनाएका छन्।