कैलालीमा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्।
दीपायलबाट धनगढी आउँदै गरेको ना ६ ख १६९१ नम्बरको यात्रुुवाहक बस गएराति १ बजे कैलालीको सहजपुर–९, मारभट्टी मोडमा दुर्घटना हुँदा डोटी वासुुदेवी–१ का योगेन्द्र वि.क. र सीबी लुहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय फल्टुुडेका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए।
घाइतेहरु मध्ये सात जनाको अत्तरियास्थित पदमा अस्पताममा उपचार भइरहेको छ भने गम्भीर घाइते बसका चालक अत्तरिया नगरपालिका–४ का २८ वर्षीय शेरबहादुर कडायत र सोही ठाउँ बस्ने ३५ वर्षीय महाविर कडायतलाई थप उपचारका लागि भारतको बरेली रेफर गरिएको छ।
बस सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।