ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा अहिलेसम्म २२ राष्ट्रले पदक जितेका छन्। सोमबार नेपाली समय अनुसार राति १ बजेसम्म ३ स्वर्ण र १ काँस्यसहित अष्ट्रेलिया पदक तालिकाको शीर्ष स्थानमा छ।
यस्तै २ स्वर्ण जितेको हंगेरी दोस्रो र १ स्वर्ण ४ रजत, १ कास्यसहित अमेरिका तेस्रो स्थानमा छ। चीनले १ स्वर्ण, २ कास्य र ३ रजत गरी ६ पदक जितेको छ। १ स्वर्ण र एक रजत जितेको दक्षिण कोरिया र रुस पाँचौं स्थानमा छन्। जापानले १ स्वर्ण र ४ कास्य जितेको छ।
अर्जेन्टिना, बेल्जियम, थाइल्याण्ड र भिएतनामले पनि आ-आफ्नो खातामा स्वर्ण पदक जितेका छन्।