प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड बिजयी भएपछि उनीविरुद्ध नाराबाजी गर्ने एक जना एमालेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
एमालेका कार्यकर्ता स्युचाटारका श्याम खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
बालुवाटारबाट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट पुर्याएर फर्केदा अखिल क्रान्तिकारी माइतीघरमण्डलमा गरेको कार्यक्रम उनले प्रचण्डविरुद्ध चर्को नारा लगाएका थिए । त्यसपछि पक्राउ परेका उनलाई सिंहदरबार वृतमा राखिएको छ।
लोकतन्त्रमा जारा जुलुस गर्न पाइने भन्दै पक्राउ परेका खत्रीलाई छोड्न प्रचण्डले नै प्रहरीलाई निर्देशन दिएको स्रोतले बतायो ।