करिब १५ वर्षअघि स्वदेशमा उत्पादित सबै विद्युत खपत गर्न नसकी भारतलाई बिक्री गर्न प्रस्ताव गरेको नेपालले पछिल्लो एक दशकमा ६० अर्बको आयात गरेको छ। कारोबार दैनिकमा समाचार छ।
स्वदेशमा बढ्दो मागअनुसार उत्पादन बृद्धि गर्न नसकेपछि भारतसँग विद्युतमा निर्भरता बर्सेनि बढ्दै गएको छ। नेपाल र भारतबीचको सहमति कार्यान्वयन भए चाँडै नै एक खर्ब बराबरको आयात हुने विद्युत प्राधिकरणले जनाएको छ।
डेढ दशकअघि १४४ मेगावाटको कालीगण्डकी 'ए' जलविद्युत आयोजनाको विद्युत खेर गएपछि नेपालले भारतमा बिजुली बिक्रीका लागि टोली पठाएको थियो।
तर, नेपालको आन्तरिक कारणले आयोजना निर्माण हुन नसकेपछि भारतबाट सन् २०१८ सम्ममा एक हजार मेगावाट आयात गर्ने लक्ष्य राखिएको छ। यसका लागि भारतलाई नेपालले एक खर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था आउने प्राधिकरणका अधिकारीहरु बताउँछन्।
नेपालले भारतलाई जलविद्युत बिक्री गरी आउँदै ५ वर्षपछि ५ हजार ७ सय मेगावाट बिजुली बेच्ने बिजुली बेच्ने योजना बनाएको छ। मुलुकमा जलविद्युत आयोजना निर्माणको अवस्था र भारतलाई बिक्री गर्ने योजनाबीच कुनै तालमेल देखिँखैन।