पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गरेपछि त्यसविरुद्धमाओवादी केन्द्रका नेता राम कार्की खरो रुपमा उत्रिएका छन्।
नेम्वाङले सार्वभौमसत्ता सम्पन्न संसदको अवमूल्यन गरेको भन्दै कार्कीले संसदमा प्रश्न गरे, ‘हामीले भनेको बाटोमा नहिँड्ने हो भने परिणाम खतरनाक हुन्छ भन्नु को अर्थ के हो? तपाईंलाई सार्वभौमसत्ता सम्पन्न संसदलाइ तर्साउने अघिकार कसले दियो?’
जनताले राजतन्त्र बिदा गरिसकेकाले संसद सार्वभौमसत्ता सम्पन्न भएको र त्यसमाथि अंकुश लगाउने अरु कोहि नभएको उनले तर्क गरे।
उनले केपी शर्मा ओलीले नाकाबन्दी खोलेको भन्ने अभिव्यक्तिको पनि खण्डन गरे। ओलीले नाकाबन्दी खेलेको हो भने उनले दोस्रोपटक महाभूकम्प आउनबाट पनि रोकेको भनेर विश्वास गर्नुपर्ने कार्कीको तर्क छ।
नाकाबन्दी खुकुलो हुनुमा वस्तु परिस्थिति जिम्मेवार छ भन्दै कार्कीले त्यसको श्रेय ओलीले लिनुमा कुनै सत्यता नभएको बताए।
देशमा अझै ग्यास र तेलजस्ता अत्यावश्यक वस्तुको आपूर्ति सहज नभएको भन्दै उनले देश अझै नाकाबन्दीको प्रभावबाट मुक्त हुन नसकेको उनको भनाइ छ।
उनले ओलीले भन्ने गरेको राष्ट्रवादको पनि खण्डन गरे। देशलाई भारत र चीनबीचको गतिशील पुल बनाउनु पर्नेमा त्यसमा ओली चुकेको उनको तर्क थियो।
नेपालको राष्ट्रवादमा सबै जनता अटनु पर्नेमा अझै पनि देसका मधेसी जनता त्यसमा अटन संघर्ष गर्नुपरेको उनको भनाइ थियो।