मादी नदीमा बाढी आएपछि विस्थापित भएका पार्चे गाविस–१ सोधा गाउँका बासिन्दालाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले सहयोग गरेको छ।
रेडक्रसले शनिबार सोधामा पुगेर राहत वितरण गरेको हो। आठ घर परिवारलाई पाल र एक स्वास्थ्य संस्थाका लागि आवश्यक पाल प्रदान गरेको रेडक्रसले जनाएको छ।
कन्याकुमारी गुरुङ, आसमाया गुरुङ, पुष्पा गुरुङ, गोपाल गुरुङ, आसबहादुर भुजेल, तुलसी घर्ती, चित्रकुमारी गुरुङ, भौमाया क्षेत्री र गाउँ घर स्वास्थ्य चौकीको घर जोखिम परेपछि पाल बाँडिएको हो। बिहीबार राति बर्षासँगै मादी नदी उर्लिएर बस्ती नै बगाउने गरी कटान गरेको थियो।