नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण रहेको बताए।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनका सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पारे। सत्ताभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।
उनले स्थानीय निकायको निर्वाचन आवश्यक छ भन्दै संविधानको संरचना अनुसार नै सबै निर्वाचन हुनुपर्ने बताए। संविधान पुनः लेखनका कुरा सम्भव नभएको बताउँदै नेता पौडेलले संविधान संशोधन गरेर मधेसी मोर्चाका माग सम्बोधन गर्न सकिने बताए। सरकारले वार्ताका लागि पत्र पठाएकाले अब मोर्चालाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि अग्रसर हुन आग्रह गरे। रासस