सोमबार साँझदेखि देशका विभिन्न भागमा भारी वर्षा भइरहेको छ। वर्षाका कारण सुनसरीको इटहरी जलमग्न भएको छ भने कोशी नदीमा पानीको बहाव बढेपछि केही ढोका खोलिएका छन्। मंगलबार अपरान्हसम्म उपत्यकासहित देशभर पानी परिरहेको र अझै तीन/चार दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिलेसम्मको वर्षाले पूर्वको कन्काई, पश्चिमका राप्ती र बबई नदीमा पानीको बहाव खतराको संकेतमा पुगेको छ। ‘बाढी आउन सक्ने भएकाले हामीले सम्बन्धित निकायमा खबर गरिसकेका छौं पौडेलले भने ‘अझै केही दिन भारी बर्षा हुने देखिएको छ।’