युरोपेली फुटबल महासंघ (युएफा)ले फ्रान्समा जारी युरोकप फुटबलका क्रममा इंल्याण्डविरूद्धको खेलमा रुसी समर्थकहरुले गरेको हिंसात्मक घटनालाई लिएर रूसी फुटबल संघलाई १ लाख ५० हजार युरो बराबरको जरिवाना गरेको छ।
युएफाका अनुसार बाँकी खेलमा पनि यस्तै व्यवहार दोहोरिए प्रतियोगिताबाटै अयोग्य ठहर गर्ने चेतावनी दिएको छ
गत साता फ्रान्सको मार्सेमा भएको खेलमा इंग्ल्यान्डसँग १-१ गोलको बराबरी भएपछि रुसी समर्थकहरुले रंगशालाभित्र र बाहिर उद्दन्ड व्यवहार गरेका थिए।
यसैबीच युएफाले इंग्ल्यान्डका समर्थकमाथि भने कुनै कारबाही सुनाएको छैन।