रक्तदान, रक्तदाताहरुलाई सम्मान लगायतका कार्यक्रम गरेर मंगलबार नेपालमा विश्व रक्तदाता दिवस मनाइएको छ। ब्लड ग्रुप पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन जुन १४ को अवसरमा मंगलबार विविध कार्यक्रम गरी रक्तादाता दिवस मनाइएको हो।
दिवसको अवसरमा काठमाडौंको बागबजारका प्रेम सागर कर्माचार्यले १ सय ४६ औं पटक रक्तदान गरेका थिए। कर्माचार्यले आफूले दिएको रगतबाट मृत्युको दोसाँधमा पुगेकाहरुको ज्यान बचाउन सहयोग पुग्ने भन्दै १ सय ४६ औं पटक रक्तदान गरेका थिए।
कीर्तिमानी रक्तदाता कर्माचार्यलाई नेपाल स्वयंसेवी रक्तदाता समाजले सम्मान गरेको छ। समाजले अन्य रक्तदाताहरुलाई पनि सम्मान गरेको थियो। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव पदमबहादुर चन्दले रक्तदानका लागि प्रोत्साहित गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको र त्यसका लागि मन्त्रालयलाई सबैले सहयोग गर्नुपर्ने बताए।
काठमाडौ उपत्यकामा मात्र दैनिक ४ सय युनिट रगतको माग रहेकामा रक्तदाताहरुले गरेको रक्तदानबाट नै उक्त मागको आपूर्ति हुँदै आएको छ ।
यसैगरी विश्व रक्तदाता दिवसमा ग्रान्डि अस्पतालमा पनि रक्तदान कार्यक्रम गरिएको छ।
अस्पतालको आफ्नै ब्लड बैंकमा आयोजित रक्तदान कार्यक्रममा अस्पतालमा कार्यरत मेडिकल तथा ननमेडिकल स्टाफहरु सँगै केही बिरामीका आफन्तहरुरुले समेत रक्तदान गरेका थिए।
रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष दिन यो दिवस मनाउन थालिएको हो ।
.JPG)
.JPG)
.JPG)
.JPG)