मर्निङवाकमा निस्किएका ५२ वर्षीय गोपिकृष्ण बस्ताकोटीले काठमाडौं मेडिकल कलेज (केएमसी)को चौंथो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार काठमाडौंको चावहिल घर भएका बस्ताकोटी मंगलबार बिहान करिब पाँच बजे मर्निङवाकमा निस्कीएका थिए।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज मर्निङ वाक गर्दै पुगेका बस्ताकोटी अस्पतालको चौंथो तलामा पुगेर हाम फालेको प्रहरीले जनाएको छ।
आज बिहान करिब ७ बजे बस्ताकोटी अस्पतालको चौथो तलाबाट हाम फालेको प्रहरीले बताएको छऽ
महानगरीय प्रहरी वृत गौशालाका अनुसार बास्ताकोटीको जुत्ता चार तल्लामाथि भेटिएको थियो भने उनको साथमा ‘कसैको दोष छैन’ भनेर लेखिएको एउटा कागजसमेत फेला परेको छ।
उक्त कागजमा ‘कसैलाई दोष नदिनू, लाश बुझ्नका लागि यो नम्बरमा फोन गरिदिनू’ भन्दै आफ्ना भाई राजु बस्ताकोटीको नम्बर लेखिएको प्रहरीले जनाएको छ।
हाम फाल्नासाथ केएमसिको इमर्जेन्सी कक्षमा पुर्याइएका उनको तत्कालै निधन भएको अस्पताल स्रोतले बताएको छ।
प्रहरीका अनुसार आत्महत्याको कारण खुल्न सकेको छैन। बास्ताकोटीको शव पोष्टमार्टमका लागि टिचिङ हस्पिटल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहीले जनाएको छ।