पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दले देशभरको जनजिवन प्रभावित भएको छ।
बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन्। सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन्।
भाडाका सवारी साधान नचलेपनि निजी सवारी साधन भने निर्वाधरुपमा सञ्चालन भइरहको प्रहरीले जनाएको छ । सडकमा बन्दकर्ताको उपस्थिति छैन । चोक चोकमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ ।
यसैबीच बन्दका क्रममा राजधानीको कोटेश्वरमा एउटा ट्याक्सीमाथि तोडफोड र आगजनी भएको छ।
कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ।
झापा
आन्दोलनताका पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको माग गरेर आव्हान गरेको नेत्र विक्रम चन्द (बिप्लप) ले नेतृत्व गरेको नेकपा माओवादीको बन्दको प्रभाव झापामा आंशिक परेको सहकर्मी बिनोद सापकोटाले जनाएका छन्।
राजमार्गमा सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् भने निजी यातायातका साधन फाट्टफुट्ट चलेका छन्। मेची राजमार्ग ठप्प भएको जिल्ला प्रहरी कार्यलय ईलामले जनाएको छ। ईलाम प्रहरीका अनुसार यातायात सञ्चालन नभए पनि जिल्लाका अधिकांश बजार बिहानैदेखि खुलेको छ। स्कुल कलेज आंशिक रूपमा खुलेका छन्। जिल्लाको दमक , गौरीगञ्ज, गौरादह, झिलझिले , बिर्तामोड , भद्रपुर , शनिश्चरे काकडभिट्टाका बजार खुलेका छन्।
बन्दका कारण जिल्लाको शान्ति सुरक्षामा कुनै प्रभाव नपरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले बताए।