कोपा अमेरिका फुटबलको दोस्रो खेलमा आयोजक अमेरिकाले कोष्टारिकालाई पराजित गरेको छ। अमेरिकाको सिकागोमा बुधबार विहान भएको खेलमा अमेरिकाले कोष्टारिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो।
खेलको ९ औँ मिनेटमै क्लिन्ट डेम्सेको गोलबाट अमेरिकाले सुरुवाती अग्रता लिएको थियो। यस्तै खेलको ३७ औँ मिनेटमा जोन्सले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ४२ औँ मिनेटमा उडले गोल गरेपछि अमेरिका पहिलो हाफमै ३–० को अग्रता लिन सफल भयो।
दोस्रो हाफमा अमेरिकाले थप एक गोल गर्यो। खेलको ८७ औँ मिनेटमा ग्राह्म जुसीले गोल गरेपछि अमेरिका ४–० ले विजयी भयो।
अमेरिकाको दुई खेलमा यो पहिलो जित हो। उद्घाटन खेलमा अमेरिका कोलम्बियासँग २–० ले पराजित भएको थियो।
समूह एमा रहेको अमेरिका दुई खेलबाट ३ अंकका साथ तालिकाको पहिलो स्थानमा छ भने एक खेलमात्रै खेलेको कोलम्बिया ३ अंकका साथ दोस्रो स्थानमा छ। पाराग्वे १ अंकका साथ तेस्रो र कोष्टारियका अंकविहीन छ।