ताप्लेजुङको फुरुम्बु गाविसमा एकजना घर भित्रै मृत अवस्थामा फेला परेका छन्। फुरुम्बु–१ घर भएका ४२ वर्षीय लालबहादुर खड्का शरीरका विभिन्न भागमा चोटग्रस्त भई मृत अवस्थामा घरमा नै फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ।
जिल्ला सदरमुकाम फुङ्लिङमा डेरा गरी परिवारसँगै बसोबास गर्दै आएका खड्का घरायसी कामका लागि सोमबार साँझ घर गएको र राति अबेरसम्म परिवारको सम्पर्कमा नै रहेका थिए। राति ११ बजेसम्म टेलिफोन सम्पर्कमा रहेका उनी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। घरको ढोकाको भित्रि भागमा नै चुकुल लगाएको साथै झ्याल खुल्लै रहेको अवस्थामा चोटग्रस्त भई मृत भेटिनुले कोहीकसैद्वारा हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ। घटनास्थल सदरमुकामदेखि झन्डै पाँच घन्टाको पैदल दूरीमा रहेको छ। घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। रासस