बाराका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न सबै जनालाई प्रहरीले पक्राउ परेको छ। अपहरणमा संलग्न ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
नेपाल विद्यार्थी संघका वर्तमान केन्द्रीय सदस्य वीरेन्द्र यादव, कांग्रेस क्रियाशिल सदस्य जियालाल यादब, पुष्कर सिंह, चन्चल पाण्डे लगायतका ९ जनालाई पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले सेतोपाटीलाई जानकारी दिए। उनीहरुलाई भोली पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
२० करोड रकम लिनका लागि केडियाको अपरहण भएको ती प्रहरी अधिकारीले बताए। केडियाको यही जेठ १३ गते साँझ अपहरण भएको भएको थियो । अपहरणपछि भारत पुर्याइएका केडियालाई प्रहरीले मोतिहारीबाट मुक्त गराएको थियो । केडिया अपहरण गर्ने क्रममा उनका चालक उमेश साहमाथि गोली प्रहार भएको थियो।