प्रहरी प्रधान कार्यालय नक्सालले दाङ र सर्लाहीमा एसपीको सरुवा गरेको छ।
दाङमा धीरजप्रताप सिंह र सर्लाहीमा उत्तम सुवेदीलाई पठाइएको छ।
सिंह हाल लागू औषध नियन्त्रण ब्युरोमा कार्यरत थिए भने सुवेदी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए।
दाङका एसपी कुबेर कडायत र सर्लाहीका एसपी केदार ढकाललाई हेडक्वाटरमा ल्याइएको छ। एक वर्ष अवधि पूरा भएका कारण उनीहरुलाई हेडक्वाटरमा तानेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।