इलाममा जारी १९ औं संस्करणको राष्ट्रिय बुद्धिचाल तथा चौथौ महिला बुद्धिचाल प्रतियोगिता सकिएको छ। बुधबार ९ औं तथा अन्तिम राउण्डको खेल सकिएसँगै प्रतियोगिता पनि सकिएको हो।
प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला (निरज) नेपाल च्याम्पियन भए। उनी मोफसलबाट नेपाल च्याम्पियन बन्ने पहिलो बुद्धिचाल खेलाडी समेत भएका छन्। उनले नौं राउण्डको खेलमा ७ अंक बनाए।
त्यस्तै सजिन महर्जन ६.५ अंकका साथ दोस्रो, क्यान्डिडेट माष्टर तथा पूर्वनेपाल च्याम्पियन केशब श्रेष्ठले ६ अंकका साथ तेस्रो स्थान पाए। अर्का समान ६ अंकका साथ क्षितिज भण्डारी चौथो र फिडे माष्टर विमललाल श्रेष्ठ पाँचौ, पुलिसका पुरुषोत्तम चौलागाई छैटौं र हिमाल लामा सातौं भए।
५.५ अंकका साथ फिडे माष्टर मनिष हमाल आठौं, प्रकाश नेपाल नवौ र विजय डंगोल दशौ भए।
त्यस्तै महिला तर्फ काठमाडौंकी सिन्दिरा जोशी च्याम्पियन भएकी छन्। उनले ९ राउण्डको खेलमा ७ अंक जोडिन्। समान ७ अंक भएपनि एपिएफकी शान्ता थापा र ओलम्पियाड मोनालिसा खम्बु बुगल्सका आधारमा दोस्रो र तेस्रो भए।
प्रतियोगितामा अन रेटेड सुजना लोहनीले सानदार प्रदर्शन गर्दै चौथो स्थान हासिल गरिन्। उनले ६ अंक जोडिन्। पाँचौ स्थानमा परेकी अस्मिता अधिकारीले ५.५ अंक बनाइन्। त्यस्तै संगिता जैसवाल, विना जैसवाल, अनिसा न्यौपाने र आभा पुडासैनी समान ५ अंक भएपनि बुगल्सका आधारमा क्रमश छैटौ देखी नौ औं भए। अन्तिम दशमा भने रौतहटकी विसेखा जैसवालले स्थान बनाइन्। उनको ४.५ अंक थियो। प्रतियोगितामा छनौट महिला पुरुस दुबै तर्फका अन्तिम पाँच गरी दश खेलाडी अजरबैजानमा हुने आगामी ओलम्पियाडका लागि सिधै छनोट भएका छन्।