सामान्य प्रशासनमन्त्री रेखा शर्माले विकास निर्माणमा असर पर्ने देखिएपछि स्थानीय विकास अधिकारी (एलडिओ) को सरुवा गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको प्रस्ताव रोक्नुपरेको बताएकी छन्।
क्रान्तिकारी पत्रकार सङ्घ दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले दाङसहित २८ जिल्लाका एलडिओको सरुवाका लागि मन्त्रालयले गरेको प्रस्ताव रोकिएको जानकारी दिइन्। आवको अन्त्यमा एलडिओको सरुवा गरिएमा विकासनिर्माणमा ठूलो बाधा पुग्ने भएकाले उक्त प्रस्ताव रोकिएको उनले बताइन्।
तत्काल कुनै पनि एलडिओको सरुवा नहुने उनले स्पष्ट पारिन्।