मोरङको पथरीशनिश्चरे ५ का गरिब तथा बिपन्न बर्गसमुदायका बालबालिकालाई छात्रवृत्ती प्रदान गरिएको छ। आर्दश बाल क्लवको आयोजनामा जनता उच्च मा.वि.मा अध्यनरत ४३ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको हो।
आर्दश बाल क्लव, विरेन्द्रनगर किक्रेट क्लव, हेल्पिङ ह्यान्डको सहयोग र अन्य संघ संस्था, ब्यक्तिसंग आर्थिक संकलन गरी आर्दश बाल क्लवले छात्रावृत्ति प्रदान गरेको हो।
१० जनालाई हेल्पिङ ह्याण्डद्वारी कक्षा १२ सम्म पूर्ण छात्रवृत्ति प्रदान गरेका छ।
त्यस्तै २ जनालाई १२ कक्षा र ३१ जनालाई १ वर्षका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको आर्दश बाल क्लव अध्यक्ष मुकेश राईले बताए।
२० जनालाई विरेन्द्र नगर किक्रेट क्लब र आर्दश बाल क्लवले १ वर्षका लागि छात्रवृत्ति प्रदान गरेको हो।
त्यस्तै अन्य संघ संस्था र ब्याक्तिबाट उठेको रकमले अन्य ११ जनालाई छात्रावृत्ति प्रदान गरेको विरेन्द्र नगर किक्रेट क्लबका सदस्य नवराज तुम्बापोले बताए।
कार्यक्रममा सम्पूर्ण विद्यार्थीलाई प्रमुख अतिथि तथा जनता उच्च मा.वि. का प्राचार्य मेघराज ओझा र बिशिष्ट अतिथी डम्बर चेम्जोङले कापी, कलम र पोसाक प्रदान गरे।