नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि पेशामा निर्भर छन्। यद्यपी अधिकांश मानिस गरिबीको रेखामुनी रहेकाले खाद्य सुरक्षाका लागि जनचेतना आवश्यक रहेको राजधानीमा आयोजित एक गोष्ठीमा बक्ताहरूले बताएका छन्।
एलडब्लु एफ र फआएएन नेपालको साझेदारी र डान चर्च एडको आयोजनामा धुलिखेलमा भएको ‘सिमान्तकृत किसानहरूको समूहको सहभागिताद्वारा दक्षिण र दक्षिण एसियाको खाद्य सुरक्षा व्यवस्थामा सुधार’ विषयक अन्तर्क्रिया कार्यक्रममा नेपालको खाद्य सुरक्षामा सरकारको चासोको विषयमा चर्चा भएको थियो।
नेपाल विश्व खाद्य सुरक्षा सूचांकमा संसारको असुरक्षित राष्ट्रको सूचीमा परेको तथ्यांकले देखाएको छ। यसका लागि सबै क्षेत्रबाट खाद्य सुरक्षाका लागि जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै न्यूनीकरण गर्नुपर्ने बक्ताहरू
खाद्य संकट र भोकमरी नियन्त्रणका लागि सरकारले खाद्य सुरक्षा र भोकमरी नियन्त्रणका लागि बिभिन्न नीतिहरू लागू गरेपनि पिछडिएका र सीमान्तकृत जनताले यसको उपभोग गर्न सकेका छैनन्। यसमा अन्तर्राष्ट्रिय खाद्य संगठनले यसको सुधारको पहल गरेका छन्। धुलिखेलमा भएको कार्यक्रममा खाद्यान्न सुरक्षा व्यवस्थाका लागि पत्रकारहरूको भूमिकाका वियमा चर्चा भएको थियो।
जनचेतना र खाद्य सुरक्षाबारे प्रचार प्रसार गरेको खण्डमा नेपालमा खाद्य सुरक्षा स्थिति मजबुत रहेको भारतबाट कार्यक्रमका लागि आएका बिनित कुमारले बताए। ‘यहाँ खाद्य सुरक्षाबारे अन्तर्क्रियाहरू धेरै भएका छन्। यसमा नेपालीको सहभागिता उल्लेखनीय छ। उहाँहरूको उत्साहले खाद्य सुरक्षामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ,’ उनले भने।
यस्तै हरेक क्षेत्रका पत्रकारलाई यस विषयमा खोज समाचार प्रकाशन र प्रशारण गर्न संस्थले सघाउने भएको छ।
संस्थाले गठन गरेको खाद्य सुरक्षा सम्बन्धी एउटा समूह बनाएर हरेक चौमासिक बैठक बसेर समूहको प्रगति र नेपालमा देखापरेको पछिल्लो खाद्य सुरक्षा समस्याबारे चर्चा गरिने भएको छ। डिसिएका प्रमुख डा पूर्णबहादुर नेपालीले बताए।
यस्तै कार्यक्रम सुदूरपश्चिमाञ्चलमा पनि आयोजना गरिने बताइएको छ।