इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकत्ताले धोनीको टिम राइजिङ पुणे सुपरजाइन्ट्सलाई ८ विकेटले हराएको छ।
शनिबार राति भएको खेलमा कोलकाता नाइटराइडर्सले डकवर्थ लुइस नियमका आधारमा राइजिङ पुणे सुपरजाइन्ट्सलाई हराएको हो।
पहिले ब्याटिङ गरेको पुणेले १७ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा एक सय तीन रन बनाएकोमा खेल वर्षाले प्रभावित भएपछि कोलकाताले ९ ओभरमा ६६ रनको लक्ष्य पायो।
कोलकाताले निर्धारित लक्ष्य पाँच ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो।
कोलकाताका लागि युसुफ पठानले १८ बलमा नटआउट ३७ तथा मनिष पाण्डेयले १० बलमा नटआउट १५ रन बनाए । यसअघि वर्षाले १७ दशमलव ४ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो। उसका जर्ज बेलीले ३३ तथा उस्मान खावजाले २१ रन बनाए।
पुणेका पियुष चावलाले दुई विकेट लिए ।
गएरातिको खेल सँगै ११ खेलबाट १४ अंक जोडेको कोलकाता दोस्रो स्थानमा उक्लिएको छ भने १२ खेलबाट ६ अंक जोडेको पुणे पुछारमा छ।