नेपाली काँग्रेसले भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्य निष्पक्ष नभएको आरोप लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकमा आज प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई ज्ञापनपत्र बुझाउँदै भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यमा भएको त्रुटि नसच्चाए भूकम्पपीडित जनताको पक्षमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
दैवीप्रकोप उद्धार समितिले पहिचान गरेका र भूकम्पपीडितको कार्ड प्राप्त गरेका वास्तविक पीडितलाई बदनियतपूर्वक छुट्याएको नेका काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ पन्थीले जिल्लाको पाँचखाल, गोकुले, पोखरीचौरी, शिखरआमबोटेलगायतका गाविसबाट समेत भूकम्पपीडितले आफ्नो नाम छुटेको भन्दै गुनासो गरेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालय र पुनःनिर्माण प्राधिकरण कार्यालयलाई जानकारी दिएको बताए। रासस