मृत्युको मुखमा पुगेकी एक गर्भवतीलाई चिकित्सक आफैले रगत दिएर बचाएको साता नबित्दै सोमबार जिल्ला अस्पताल बाजुरामा त्यस्तैै अर्को समस्या आइपरेको छ। कान्तिपुर दैनिकमा समाचार छ।
सुत्केरी भएको ६ दिनसम्म लगातार रक्तस्रावले सिकिस्त भएपछि आटीचौर ८ नाइना गाउँकी ३० वर्षीया दीर्घदेबी चँदारलाई परिवारले आइतबार राति जिल्ला अस्पताल मार्तडी पुर्याए।
अस्पताल पुग्दा सास मात्रै बाँकी रहेकी उनको हेमोग्लोबिनको मात्रा १ दशमलब ५ मात्रै थियो। रिपोर्ट हेरेपछि उपचारमा संलग्न डा. राजन न्यौपाने आत्तिँदै रगतका लागि भौतारिन थाले। ‘रगत नपाए सुत्केरीलाई बचाउन सक्ने विकल्पै थिएन, उनले भने ,‘रगतका लागि रातभर भौतारिँए, तर केही उपाय लागेन।’
मानव शरीरमा हेमोग्लोबिनको मात्रा ६ प्वाइन्टभन्दा कम भए खतरा सुरु हुन्छ। बिरामीका परिवारसँग रक्तदाता खोज्ने सामथ्र्य नदेखेपछि चिकित्सक आफै रगतको जोहो गर्न लागि परे। अस्पतालमा रहेका अन्य बिरामी कुरुवालाई रक्तदानका लागि रातभर हारगुहार गरे।
तर कोही पनि रगत दिन तयषर भनन्। उता बिरामीको अवस्था झन्झन् गम्भीर बन्दै थियषे। सुत्केरीलाई ए पोटेटिभ रकत आवश्इक थियो। रक्तदान गर्दा शरीर कमजोर भइन्छ भन्ने भ्रम भएकाले रक्तदान गर्न कोही तयार नभएइको न्यौपानेले बताए।