लेभान्टेसँग पराजित भएपछि एथ्लेटिको मड्रिड ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ।
गएराति भएको खेलमा लेभान्टेसँग २–१ गोल अन्तरले पराजित हुँदै एथ्लेटिको मड्रिड ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको हो।
खेलमा अग्रता भने एथ्लेटिको मड्रिडले लिएको थियो। खेलको दोस्रो मिनेटमै फर्नान्डो टोरेसले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर लेभान्टेका लागि खेलको ३० औं मिनेटमा कासाडेसुस कास्तानोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। पहिलो हाफ १ –१ गोलको बराबरीमा सकिएको थियो।
खेलको ९० औँ मिनेटमा लेभान्टेका रोसीले गोल गरेपछि लेभान्टे २–१ गोल अन्तरको जित निकाल्न सफल भयो। तर अप्रत्यासिक हार व्यहोरेको एथ्लेटिको मड्रिड ला लिगा फुटबलको उपाधि होडबाट बाहिरियो।
हारपछि एथ्लेटिको मड्रिड तेस्रो स्थानमा झरेको छ । लिगको एक खेल बाँकी हुँदा एथ्लेटिको मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा ३ अंकले पछि परेको छ।
एक खेल बाँकी रहँदा बार्सिलोनाको ३७ खेलबाट ८८ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ८७ अंक छ। एपाधि होडबाट बाहिरिएको एथ्लेटिको मड्रिडको ८५ अंक छ।