नेपालगन्ज अर्थात नेपालकै सर्वाधिक गर्मी हुने शहर। तापक्रम ४२ डिग्री। तापक्रम बढ्ने र लू चल्ने क्रम बढ्दो छ। प्रचन्ड गर्मीमा घोषित ९ घन्टा लोडसेडिङ। प्राविधिक कारण छिन् छिनमा बिद्युत जाने समस्या पनि बढ्दै गएको छ।
विद्युत हुँदा पनि लो भोल्टेजका कारण पंखा नै नघुम्ने वर्षौदेखिको समस्या त ज्यू का त्यू छँदै छ।
हरेक वर्ष नेपालगन्जवासीले लो भोल्टेज, लोडसेडिङ र लूको समस्या खेप्दै आए पनि लो भोल्टेज र लोडसेडिङ कम गर्ने तर्फ कुनै ठोस काम हुन सकेको छैन।
विद्युत प्राधिकरणले नेपालगन्जका लागि दैनिक करिब ९ घन्टाको लोडसेडिङको तालिका लागू गरे पनि तालिकाभन्दा बढी समय कुन बेला कुन क्षेत्रमा कति घन्टा बत्ती जान्छ भन्ने कुरा न त नेपालगन्जबासीले थाहा हुन्छ नत बिद्युत प्राधिकरणका कर्मचारीलाईनै। कुनै दिन लगातार १२ घन्टासम्म विद्युत कटौती हुनु पनि नेपालगन्जका लागि सामान्य बन्दै गएको छ।
किन विद्युत आएन भनेर नत नेपालगन्जवासीले विद्युत प्राधिकरणलाई सोध्छन् नत प्राधिकरणले यस कारण बिद्युत आएन भनेर नेपालगन्जबासीलाई भन्छ। ४३ वर्ष पहिले भारतको नानपाराबाट तानिएका जीर्ण विद्युत लाइनबाट र त्यति नै बेला भारतसँग गरिएको विद्युत सम्झौता अनुसार तय गरिएको ५ मेघाबाट विद्युतकै भर मध्य तथा सुदूरपश्चिम कै एक मात्र उप महानगरपालिकाको विद्युत सेवा सञ्चालन भईरहेको छ।
पछिल्ला ४ दशकमा नेपालगन्जको बिद्युत सेवालाई थप ब्यबस्थित बनाउने तर्फ कुनै प्रभावकारी काम नहुनुको नियती यतिबेला नेपालगन्जबासीले खेपिरहेका छन्।
यति बेला नेपालगन्जमा विद्युतको माग करिब २२ मेघाबाट छ। तर भारतबाट हुने आयत भई रहेको १०/१२ मेघाबाटबाट नेपालगन्जको बिद्युत सेवा चलिरहेको छ।
गत वर्ष तात्कालिन प्रधानमन्त्री सुशील कोइलालाको ठाडो निर्देशनमा गर्मीका बेला केन्द्रीय प्रशारण लाइनबाट नेपालगन्जका लागि ५ मेघाबाट बिद्युत उपलब्ध गराइएको थियो। केन्द्रीय प्रशारण लाइनबाट उपलब्ध ५ मेघावाटले नेपालगन्जबासीलाई केही राहत भए पनि ठोस नीतिगत निर्णय बिना उपलब्ध गराइएको त्यो ५ मेघाबाट बिद्युत पनि सरकार परिबर्तन सँगै आउन बन्द भएको छ।
यो वर्ष पनि बाँकेका युवा नेताको पहलमा वैशाख १६ गते देखि नेपालगन्जका लागि केन्द्रीय प्रशारण लाइनबाट ५ मेघाबाट बिद्युत उपलब्ध हुने भएको छ।
केन्द्रीय प्रशारण लाइनबाट ५ मेघाबाट उपलब्ध गराइने भनिए पनि प्राबिधिक रुपमा ३ मेघाबाटभन्दा बढी बिद्युत आयत गर्न आवश्यक उपकरण र साधन स्रोत नभएको बिद्युत प्राधिकरण नेपालगन्ज प्रशारण केन्द्रका प्रमुख उमेश कुमार झाले बताए ।
भारतबाट आयत हुने १०/१२ मेघाबाट पनि पुरा भोल्टेजमा आउँदैन। सामान्यतया बिद्युतको प्रबाह ३३ हजार किलो भोल्टमा हुनुपर्छ । प्रचन्ड गर्मी र बढी लोडका कारण प्रशारण लाइनको तार चुडिने र टान्सफर्मर जल्ने समस्याका कारण २५/२६ हजार भोल्ट मात्रै बिद्युत प्रबाह भई रहेको छ। त्यसमा पनि कहिले काही १८ हजार भोल्ट मात्रै विद्युत प्रबाह भईरहेको छ।
लो भोल्टेजका कारण बिद्युत लाइन हुदा पनि पंखा नघुम्ने मोटरले पानी नतान्ने , कम्युटर नचल्ने जस्ता समस्या बढ्दो छ। भारतको नानपारादेखि नेपालगन्ज सम्मको बिद्युत प्रशारण लाइन निक्कै जिर्ण र टान्सफरमरहरूमा लोड बढी भएकाले नेपालगन्जमा विद्युतको समस्या भयाबह बन्दै गएको हो।
प्राय जसो भारतीय क्षेत्रमा प्रशारण लाइन चुडिन्छ। प्रशारण लाइन चुडिए पछि बिद्युत सेवा अबरुद्ध हुन्छ । नेपालगन्जबाटै मर्मत टोली पुगेर मर्मत गरे पछि मात्रै बिद्युत सेवा संचालन हुन्छ।
रातिमा तार चुडियो भने नेपाली टोली भारतीय भूमिमा जान सक्दैन। नेपाली टोली नपुग्दासम्म मर्मत हुँदैन। मर्मत नभए बत्ती हुने कुरै भएन। बिहान मात्रै मर्मत टोली जान्छ र मर्मत गर्छ र विद्युत सेवा चालु हुँदा करिब १०/१२ घन्टा बितिसक्छ।
करिब २ करोड खर्च गर्ने हो भने नेपालगन्ज देखि भारतको नानपारा करिब २५ किलो मिटर लामो प्रशारण लाईनको तार लगायत अन्य उपकरणहरु बदल्न सकिन्छ। तर त्यस तर्फ बिद्युत प्राधिकरणको ब्यबस्थापनले चासो देखाएको छैन। तर जिर्ण प्रशारण लाइन र उपकरणका कारण भई रहेको प्राबिधिक चुहाबटबाट हुने नोक्सानी भने ब्यहोर्दै आएको छ ।
प्रशारण लाइनको करिब २० किलोमिटर क्षेत्र भारतमा पर्छ । भारत तर्फ पर्ने प्रशारण लाइन बदल्नका लागि कि त भारत सरकारलाई सरकारी उच्च तहबाट आग्रह गर्ने हो भने त्यो सहजै सम्भब छ । भारतले प्रशारण लाइन नबलिदिए पनि नेपाल आफैले पनि पनि त्यो बदल्न सक्छ ।
करिब २ करोडको लागतमा पुरै प्रसारण लाइनको तार लगायत अन्य उपकरणहरु बदल्न सकिन्छ । प्रशारण लाइनको तार लगायत अन्य उपकरणहरुका बदल्ने हो भने चुहाबट रोकिने र एक बर्ष नै त्यो रकम असुल हुने प्राबिधिकहरु बताउँछन्।
प्रशारण लाइन जीर्ण भएकै कारण गर्मीमा १०/१२ मेघाबाट भन्दा बढी बिद्युत आयत गर्न प्राबिधिक रुपले सम्भब भईरहेको छैन ।
भारतसँग ५ मेघाबाट बिद्युत किन्ने सम्झौता भएको भए पनि भारतले १२ मेघाबाट सम्म बिद्युत दिई रहेको थियो । नेपालको अनुरोधमा भारतले २० मेघाबाट सम्म पनि बिद्युत दिन सक्छ तर त्यसका लागि जिर्ण र पुरानो तार बदल्नै पर्छ।
तर चार दशक पुरानो जीर्ण तार लगायतका उपकरण बदल्ने तर्फ हालसम्म कुनै ठोस काम हुन सकेको छैन। त्यस तर्फ बाँकेका राजनीतिक दल र जनप्रतिनिधिहरुले कुनै काम गर्न सकेका छैन।
भदौदेखि चैतसम्म बिद्युत समस्याको समाधानका लागि कुनै चासो नदेखाउने बाँकेका केही जनप्रतिनिधि र नेताहरू लू, लो भोल्टेज र लोडसेडिङ बढ्दै गए पछि भने विद्युत प्राधिकरणमा जाने कर्मचारीहरुलाई थर्काउने राज्यको ढुकुटी रित्ताउँदै डेलिकेशनको नाममा घुमफिर गर्ने क्रम भने पछिल्ला दिनमा ह्बातै बढेको छ ।