चिठ्ठा पर्यो भन्दै ठग्ने अन्तर्राष्ट्रिय समूह नेपालमा सक्रिय भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ। विगत केही समय अघिदेखि विभिन्न विषयमा हुँदै नभएको चिठ्ठा पर्यो भनी ठग्ने अन्तराष्ट्रिय गिरोह सक्रिय सिआइबीले बताएको छ। तपाईंको मोबाइल नम्बर वा ईमेलमा नेपाल तथा विदेशको कुनैपनि नंबरबाट लक्की ड्र परेको भनि फोन, म्यासेज वा ईमेल गरेको छ भने त्यो ठगी गर्ने प्रयोजनको लागि गरिएको सिआइबीले बताएको छ ।
यस्ता प्रकारका म्यासेज वा इमेल आए सचेत रहन आग्रह गर्दै सिआइबीले उजुरी दिन भनेको छ। फोन, म्यासेज वा ईमेलको प्रतिक्रिया दिदाँ ठगहरुले ठूलो रकम भएकाले त्यसलाई नेपाल पठाउन कर शुल्क तथा वकिल बापत केही शुल्क लाग्छ भनी तपाईंलाई विश्वासमा पारी सो रकम हुण्डी मार्फत पठाउन वा नेपालमा रहेको एजेन्टको बैंक खातामा जम्मा गर्न अनुरोध गर्न सक्ने सिआइबीले बतायो।
'कुनैपनि तरिकाले तपाईंलाई सम्पर्क गरी प्रलोभनमा पार्ने प्रयास गरेमा वा यस्तै प्रकारले ठगिनु भई पीडित भएसक्नु भएकोमा समेत सोको जानकारी तत्काल केन्द्रिय अनुसन्धान ब्यूरोको फोन नं। ०१(४४११७७६ वा ९८५१२८३१४० मा गराउन हुन अपील गरिन्छ.' सिआइबीले निकालेको सूचना नोटमा जारी छ।
ठगहरुले पठाउने म्यासेजको नमूना
Congrats! Your Mobile Number has WON you £500,000 in 2016 PEPSI MOBILE DRAW in UK, To Claim, Please send your Name, Address, Age, Number No to; pnworld@live.com