सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज अपराह्न पुनः अर्को परकम्प गएको छ । 
	 
	दिउँसोे ४ बजेर ४९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि आजै बिहान १२ बजेर ४१ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भई ४ रिक्टर स्केलको परकम्प गएको थियो । 
	 
	गत वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केल वा त्यसभन्दा माथिका ४४९ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। रासस