साहुको कुटपिटपछि गम्भीर घाइते भएका एक मजदुरको मृत्यु भएको छ। हातिलेट–२ का पवन बस्नेतको कुखुरा फर्ममा वर्षौदेखि मजदुरी गर्दै आएका स्थानीय २५ वर्षीय बिजुलीकुमार सदाको कुटपिटबाट मृत्यु भएको हो।
केहीदिन अगाडि साहुसँग सामान्य विवाद हुँदा दुवैजना बीच कुटाकुट भएको थियो। सोही क्रममा साहुको कुटाइबाट गम्भीर घाइते भएको सदाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
कुखुरा फर्मका धनी पवन फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए। मृतकको शव परीक्षणका लागि जलेश्वर ल्याउने तयारी भइरहेको छ। रासस