विकेट किपर सर्फराज अहमद पाकिस्तानको टी-२० क्रिकेट टोलीको कप्तान बनेका छन्।
पाकिस्तान क्रिकेट बोर्डले उनलाई कप्तानको जिम्मेवारी दिने फैसला गरेको हो। यसअघिका कप्तान शाहिद अफ्रिदीले विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै कप्तानबाट राजीनामा दिएका थिए।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष शहरयार खानले अहमद यो पदको स्वाभाविक दाबेदार भएको बताएका छन्।