बाँके जिल्लामा यो वर्ष एसएलसी परीक्षा दिनेहरूमा छात्रभन्दा छात्रा धेरै छन्।
	छात्रको तुलनामा छात्राको संख्या ५ सय ५ बढी छ। परीक्षामा ५ हजार ५० छात्रा र ४ हजार ५ सय २४ छात्रा गरी ९ हजार विद्यार्थी सहभागी छन्।
	विगतमा एसएलसी परिक्षाको फारम भरे पनि परिक्षामा सहभागी नहुने समस्या धेरै भए पनि यो वर्ष ग्रेडिङ सिस्टम लागु गरिएकाले  विद्यार्थीहरू उत्साहित देखिएका छन्।
	बा“केमा ३१ वटा परीक्षा केन्द्र छन्। परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ। यसैवर्षदेखि बाँकेमा एउटा परिक्षाकेन्द्रमा केन्द्राअध्यक्ष, निरिक्षक र सुरक्षाकर्मीहरू महिला नै खटाएर परिक्षा सञ्चालन गरिएको बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गारेख बहादुर थापाले बताए।
	यसैबीच, एबिसी विद्यालयको परीक्षाकेन्द्र महिलाहरूले सञ्चालन गरेका छन्। केन्द्राध्यक्षदेखि निरिक्षकसम्म महिलाहरू मात्रै छन्।