घरेलु महिला कामदारको विषयमा अध्ययन गर्ने भन्दै सरकारले १० दिनसम्म श्रम स्वीकृति बन्द गरेपछि महिला कामदार भारतको बाटो हुँदै खाडी मुलुक पुग्न थालेका छन्। आजको नागरिकमा खबर छ।
खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलामाथि शारीरिक तथा मानसिक याताना दिने र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले गत साता व्यक्तिगत श्रम स्वीकृति तत्काललाई बन्द गरेर अध्ययन समिति गठन गरेको छ।
अध्ययन समितिको रिर्पोट सार्वजनिक नहुँदा र सरकारले नियमन गर्न नसक्दा तालिम लिएर बसेका आठ सय ५० महिला कामदार समेत भारतको बाटो हुँदै खाडी पुग्न थालेको तालिम संस्थाका संचालक बताउँछन्।
समीक्षा ओरियन्टेसन सेन्टर प्रालि जोरपाटीका संचालक तथा वैदेशिक रोजगार प्रवर्द्धन वोर्ड सदस्य सीता देवकोटाले सरकारले श्रम स्वीकृति नदिँदा तालिम लिएर बसेका महिला कामदारमध्ये अधिकांश भारतकै बाटो भएर खाडी पुगिसकेको बताईन।
सरकारले दुई वर्ष अघि संस्थागत श्रम स्वीकृतिमा रोक लगाएको थियो। गत दुई वर्षमा तालिम लिएर ६ हजार महिला विभिन्न देश गएका छने जसमध्ये ४ सय भन्दा बढी अलपत्र परेका छन् ।