दमक बीच बजारमा आफ्नै डिजाइनमा सुन्दर घर बनाउने सपना थियो उनको । त्यसैले बाबुलाई भनिरहन्थिन, ‘ हेर्नुहोला, मेरो डिजाइनमा बनेको घर ले सबैको ध्यान तान्छ ।’ घरका झयालढोकादेखि लिएर बाथरुम र किचन कस्तो बनाउने भन्नेबारे पनि बाबुछारीबीच विवाद चलिरहन्थ्यो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
अन्नपूर्ण अगाडि लेख्छ: पुखयौली सम्पती प्रशसतै भएको भण्डारुी परिवारलाई घर बनाउदाँ छोरीको इच्छाकमानजिम दुईचार लाख बढी खर्च गर्न खासै समस्या भएन । तर चार वर्ष अघि त्यो घरमा विपत्तिको ठूलो बादम मडारीयो ,हेर्दाहेर्दै घरको सबै खुसी हुरीले उडाइदियो । अहिले दमक १० स्थित भण्डारीको घरमा सन्तान वियोगको घटनाल विक्षिप्त छ ।
२०६६ सालको अन्तिम परिक्षा चलिरहेको थियो । कस्तुरी भण्डारी परिक्षा दिन विहान आठ बजे ग्लोबल एजुकेशन फाउन्डेसन पुगेकी थिइन् । परिक्षाा चलिरहदाँ परिक्षार्थिमाझ सामान्य खासखुस चलेछ । परिक्षा हलमा खटिएका गार्ड एक्कासी उनीतीर फर्किएर आदेश दिए उठ्नका लागि । उनको शरिर पुरै तलासी भयो । तर उनको शरिरबाट चिट फेला परेन । त्यहिपनि गार्ड कस्तुरीसँग चिट भएकोमा अडिग रहे ।
त्यपछि उनले कस्तुरीको पाखुरा समाउँदै बाहिर जान उर्दी गरे ।बाहिर केन्द्राध्यक्षसँग कस्तुरीको लामै सम्बाद भयो । उनले विन्ती भाउ गरिन तर परिक्षा दिन पाइनन् ।
त्यसपछि फुङ्ग उडेको अनुहार लिएर घर फर्किदा आमा पत्रित्राले सोधिन, तलाई के भयो भनेर तर उनले परिक्षा हलको घटना आमालाई बताइनन् ।
दबिएको स्वरमा उनले भनिन खोइ आमा कापि किनन पैसा दिनुहोस । आमाले सोचिन् पढ्नकै लागि त होला नि भनेर खुत्रुक्क १ सय ८० रुपैँया दिइन् । त्यसपछिम खानपिन नै जगरि घरबाट निश्किएकी कस्तुरी चार वर्ष वितीसक्दा पनि घर फर्किएकी छैनन् ।
यसरी हराएकी छोरी खोज्न देशका हरेक शहर चाहेपनि नभेटठेपछि उनि हाल युएइको आबुसधावी मा ड्रााइभरको भुमिकामा छोरीको खोजी गरिरहेका छन् ।