कमलपोखरी संरक्षणमा लागेका अभियन्ताले काठमाडौं महानगरपालिका घेराउ गरेका छन्।
पुरातत्व विभागले सोमबार दिउँसो मात्र काठमाडौं महानगरपालिकालाई चिठी लेखेर पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्नू भनेको थियो। तर महानगरले भने रातारात डोजर चलाएको थियो।
त्यसैको विरोध स्वरूप आज अभियन्ताले काठमाडौं महानगरपालिका घेराउ गरेका हुन्।
‘डियर मेयर, रानीपोखरीबाट पाठ नसिकेकोमा हामी लज्जित छौं’, ‘डियर मेयर, सिमेन्ट र डण्डीको कमल हामीलाई चाहिँदैन’,डियर मेयर, प्रकृतिको दोहन बन्द गर,दुर्लभ सिमसारको संरक्षण गर, डियर मेयर, जीवनका आधारभूत वस्तु माटो र पानीसँग हाम्रो आत्मीयता छ। यसलाई बचाऊ’ लगायत प्लेकार्ड बोकेर उनीहरूले धर्ना दिएका हुन्।
तस्बिरहरू:
यो पनि :
कमलपोखरीमा डोजर हुलेर ओसारियो माटो, रातारात जुर्मुराए अभियन्ता