बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालबाट डेंगीसँगै कोरोनाको समेत संक्रमण पुष्टि भएका दाङका युवासहित सात जना कोरोनामुक्त भएका छन्।
सोमबार कोरोनामुक्त भएर फर्किनेमध्ये दुई जना दाङका र एक जना रुपन्देहीका गरी तीन जना आइसियुमा भर्ना भएका थिए भने चार जना आइसोलेसनमा रही उपचाररत् थिए।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले कोरोनासँगै डेंगीको समेत संक्रमण देखिएका दाङको बबई गाउँपालिका वडा नं. ६ का ३० वर्षीय युवा पनि सोमबार कोरोनामुक्त भएर घर फर्किएको जानकारी दिए।
त्यस्तै,आइसोलेसनमा भर्ना भएका दुई जना पश्चिम नवलपरासीका र कपिलवस्तु र गुल्मीका एक/एक जना व्यक्ति पनि कोरोनामुक्त भएर घर फर्किएका हुन्। बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएका ६५ जनाले हालसम्म कोरोना जितेर घर फर्किएका छन्।
हाल आइसोलेसन अस्पतालमा ८ र आइसियुमा दुई जना संक्रमित उपचाररत् रहेका छन्।