सबै १८ यात्रुको शव फेला पर्‍यो,चार जनाको शव चिन्न सकिने अवस्थामा

  • Get News Alerts

बिहान ६ बजे हिउँ खेल्ने क्रममा स्थानीय युवाले विमान पत्ता लगाए
tata

आइतवार दिउँसो १ बजेदेखि बेपत्ता नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज अर्घाखाँचीको ढिकुरा गाविसको मसिनेको जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको छ। जहाजमा सवार सबै यात्रुको निधन भएको छ। 

घटनास्थलको वरपर गरी विमानमा सवार सबै १८ यात्रुको शव फेला परिसकेको छ। शवहरु क्षत विक्षत अवस्थामा छन्। शंकलन भएका शवमध्ये ४ जनाको शव केही चिनिने अवस्थामा छ। दुर्घटनास्थल समुन्द्र सतहदेखि करिब सात हजार फिट उचाईमा रहेको उद्दारमा रहेको नेपाली सेनाले जनाएको छ ।

मसिनेलेकको डाँडामा ठोकिएर जहाज दुर्घटना भएको अनुमान गरिएको छ । विमानका टुक्रा र मृतकको शवका टुक्रा २-३ सय मिटर वरपर छरपस्ट अवस्थामा भेटिएका छन् ।

मसिनेलेकमा रहेको टेलिफोन टावरको उत्तरपूर्व २ सय मिटर तल खोंचमा दुर्घटनाग्रस्त जहाज भेटिएको हो।

स्थानीय युवाहरुसँग बिहान हिउँ खेल्न जाने क्रममा करिब ६ बजे जहाजको सानो अवशेष फेला परेपछि खोजी गर्दै जांदा अन्य अवशेष पनि फेला पारेका हुन् ।

hundai
pasupati

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • विद्यालयका बसमाथि ट्राफिकको नजर !

    विद्यालयका बसमाथि ट्राफिकको नजर !

    यातायात व्यवस्था विभागले उपत्यकाभित्र चल्ने विद्यालयका बसहरुको संचालन हुने समय तालिका निर्धारण गरेको छ। अब विद्यालयका बसहरु बिहान साढे नौ बजेभित्र विद्यालय हाताभित्र प्रवेस गरिसक्नुपर्ने र बेलुका पनि साढे चारबजेभित्र विद्यार्थी पुर्‍याएर घर फर्किसक्नुपर्ने भएको छ।‘कुनै पनि विद्यालयको बसले विद्यार्थी ल्याएर बिहान ९ः३० बजेपछि र बेलुका पनि ४ः३० बजेपछि मुख्य सडकमा गुडन पाउँदैनन्’ पाण्डेले सेतोपाटीसँग भने, ‘यसको लागि हामीले सबै सरोकारवालाहरुलाई सर्कुलर गरिसकेका छौं।’ यसरी तोकिएको समयभन्दा बाहिर कुनै पनि स्कुल बस सडकमा गुडेमा त्यस्तो बसलाई नियन्त्रणमा लिने र कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई दिइएको छ।

  • अपराध नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छः प्रहरी महानिरीक्षक अर्याल

    अपराध नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छः प्रहरी महानिरीक्षक अर्याल

    प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्। ६१ औं अपराध अनुसन्धान दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले अपराध नियन्त्रणमा नागरिकहरुको साथ अति आवश्यक रहेको बताए। उनले अपराधीहरुको संजाल बढदै गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारी, गैरसरकारी सबै पक्षको योगदानको खाँचो औंल्याए।

  • लैङ्गिक हिंसा विरुद्धका अभियान गाउँ केन्द्रित हुनुपर्ने

    समाजमा हुने लैङ्गिक हिंसा विरुद्धको अभियान सहर भन्दा पनि गाउँ केन्द्रित हुनुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन्। चिल्ड्रेन नेपाल र महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीद्वारा संयुक्तरुपमा आयोजित “लैङ्गिक हिंसा र यसको प्रभाव” विषयक एक दिने अनुशिक्षण कार्यक्रममा सो जोड दिइएको हो।

  • 'सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो'

    'सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो'

    सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ। सामाजिक सञ्जालको प्रयोग र मानिसको तनाव, चिन्ता र खुसीबीचको सम्बन्धका बारेमा अध्ययन गर्दा यस्तो भेटिएको हो ।

  • ३३ वर्षीया महिलाको रहस्यमय मृत्यु

    काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ। उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीयवासीको रोहवरमा मिलापत्र भएको भोलिपल्ट नै परियारको शव घर बाहिर फेला परेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए।

hundai

लोकप्रिय

Vionet

सूचनापाटी