यहाँका गर्भवतीलाई सुरक्षित सुत्केरी र पोषण सुधारका लागि मोबाइलबाटै सन्देश प्रवाह गरिने भएको छ। यहाँ सञ्चालित ‘सुआहारा कार्यक्रम’ले गर्भवतीको पोषण सुरक्षा र सुरक्षित सुत्केरी गराउनका लागि सचेतना जगाउन मोबाइल एसएमएस मार्फत जानकारी दिन लागिएको कार्यक्रमका प्रमुख भीमा पराजुलीले बताइन्।
मोबाइलमा “तपाईँको घरमा कोही गर्भवती हुनुहुन्छ? नियमित रुपमा गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी जाने गर्नुभएको छ कि छैन? अनि नौ महिना पूरा भयो, बच्चा जन्माउन स्वास्थ्य संस्थामा जानुस्” जस्ता सन्देश प्रवाह गरिने छ । जिल्ला स्वास्थ्य कार्यालय र सुआहाराको आयोजनामा आज भएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठकमा गर्भवती तथा बालबालिकाको पोषण सुधारका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराइएको हो ।
सुआहाराले यहाँ सञ्चालन गरेको ‘बहुवर्षीय पोषण कार्यक्रम’ अन्र्तगत जिल्लाका ६१ वटै गाविसमा कम केयर एप्समार्फत पोषण सुधारका लागि घरधुरी सर्वेक्षण गरी एसएमएस माध्यमबाट जानकारी पठाउने योजना छ । पराजुलीका अनुसार छ महिनाभित्र सबै घरको सर्वेक्षण गरिएपछि गर्भवती तथा अभभिावकलाई मोबाइलबाट सुरक्षित सुत्केरी तथा पोषण सुधारमा सहयोग पुग्ने छ । रासस