आज धनुषामा भेटिएका लासहरु जनकपुर अस्पतालबाट कसैले दावी नगरे पछि गाड्न लागिएकोमा यसलाई धेरैले राजनीतिक मुद्दा बनाउन खोजिएको प्रहरीले बताएको छ।
‘विभिन्न मितिमा मरेका व्यक्तिहरु कसैले दावी नगरेपछि नगरपालिकालाई गाड्न जिम्मा दिइन्छ। नगरपालिकाले यस्ता लासलाई दुधमतिमा गाड्छ,’ जनकपुरका एसएसपी सुरेश बिक्रम शाहले भने, ‘तर आज नगरपालिकाले दुधमतिमा ३ वटा लास गाड्न बाटामा लैजाने क्रममा रोकेर यस माथि प्रश्न उठाईयो।’
प्रहरीले संचारकर्मी र स्थानीय नागरिक समाजलाई यसबारे बुझाएको बताए। ‘तर लास गाड्ने ठाउँमा गएर उत्खनन गर्ने भन्दै केहि मानिस गएका छन्। उहाँहरुको आशंका गलत हो,’ उनले भने, ‘उहाँहरुले भनेका तीन लासका हामीसँग मुचुल्कादेखि सबै रेकर्ड छ। कसैले हेर्न चाहेमा हामी देखाउन तयार छौं।’
प्रहरीसँग सबै रेकर्ड भएको र देखाउन तयार रहेको अवस्थामा अफवाह फैलाउनु दुःखद् भएको उनले बताए।