वैशाख १२को महाभूकम्प पीडितको खोजी तथा उद्दारका लागि आएका विदेशी सेनाका उद्दार टोलीहरु फर्कन थालेका छन्।
नेपाल सेनाका प्रवक्ता जगदिशचन्द्र पोख्रेलका अनुसार, हराइरहेका तथा विपद्मा परेका पीडितको खोजी तथा उद्दारपछि स्थिती सामान्यकरण हुन थालेकोले विदेशी उद्दारकर्मी फर्कने थालेका हुन।
मंगलबारसम्म ५ सय जना उद्धारकर्मी स्वदेश फर्किएका छन्।
आइतबार बेलायत र जर्मनीका २२, फ्रान्स र स्वीजरल्याण्डका ९, सोमबार बेल्जियमका ४२, क्यानडाका २७, नेदरल्याण्डका ६२, पोल्याण्डका ६२, स्पेनका १२, टर्कीका ३७ र अमेरिकाका ४ जना स्वदेश फर्किएका हुन्।
त्यस्तै मंगलबार पाकिस्तानका ३५ र भारतका १ सय ८६ जना उद्धारकर्ता स्वदेश फर्किएका हुन। विदेशी उद्धारकर्मीलाई नेपाल सरकारले सहयोग गरेकोमा धन्यावाद दिएको छ।
'विपदमा परेका नागरिकको जीवतै उद्दार गर्ने समय सामान्यतय सात दिनको हुन्छ र त्यो कार्य अब सकिएकोले अब बाँकी काम आफैले गर्न सक्ने अवस्थामा हामीले उनीहरुलाई अब फर्कदा हुने जानकारी गराइसकेका छौ', पोख्रेलले भने।
कुनै पनि देशबाट उद्दारकर्मीहरु आउदा सम्बन्धित देशको सरकारको निर्णय र योजना अनुसार आउने र खोजी तथा उद्दारकार्य सकिए पश्चात कतिपय मुलुकले उद्दार टोलीलाई लिन जहाज पठाउने र कतिपयले नियमित उडानको टिकट लिएर जाने चलन रहेको पनि उनले बताए।