भूकम्पपीडितलाई सिरहाको बलकवा महनौरका मुस्लिम समुदायले आइतबार साँझ ४७ बोरा राहत सामग्री राजधानी पठाएको छ ।
स्थानीय मुस्लिम युवाको पहलमा सङ्कलन गरिएको दाल, चामल, तेल, चिउरा, भुजा, त्रिपाल र कम्बललगायतका सामग्री रात्रि बसमार्फत भूकम्पपीडितका लागि राजधानी पठाएको हो ।
स्थानीयस्तरमा सङ्कलन भएको ३३ थान कम्बल, ३५ थान त्रिपाल, तीन क्विन्टल चालम, एक क्विन्टल दाल, खाने तेल, नुनलगायतका सामग्री भूकम्पपीडितका लागि पठाइएको स्थानीयवासी पप्पु खाँले जानकारी दिए। रासस