शनिबार आएको महाभूकम्पमा परी अहिलेसम्म १३ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन्। यस्तै भूकम्पमा परी १ सय १ जना नेपाली सुरक्षाकर्मी घाइते भएका छन्।
गृह मन्त्रालयले दिएको जानकारी अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशष्त्र प्रहरी गरी तीनै निकायका सुरक्षाकर्मीको गरी १३ जनाको ज्यान गएको हो। जसमा नेपाली सेनाका ८,नेपाल प्रहरीका ४ जना र एक जना सशस्त्र प्रहरीको ज्यान गएको हो।
यस्तै नेपाली सेनाका १० जना अझै सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ।