भारतीय वायु सेवाका ६ हेलिकप्टरले घाइतेको उद्धार गरेका थिए । ती हेलिकप्टरले यताबाट जाँदा उद्धार सामग्री लिएर गएका छन् भने गाउँबाट घाइतेलाई ओसारेका छन्।
घाइतेको गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएका बिरामीलाई विभिन्न सङ्घसंस्था र महानुभावले खानपिनको पनि व्यवस्था गरेका छन्। रासस